Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

सुनचाँदी व्यवसायी सडकमा, पसलअघि टंगाइयो कालो व्यानर

सुनचाँदी व्यवसायी सडकमा, पसलअघि टंगाइयो कालो व्यानर

आर्थिक पत्र
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन्।

    images

    बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन्।

    बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ।

    उनीहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागू गर,सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

    व्यवसायीहरुले देशभरका आफ्ना पसलमा कालो व्यानर राखेर कतिपय ठाउँमै पसल नै बन्द समेत गरेका छन्। उनीहरूले आजै जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र समेत बुझाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार