Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै

‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै

आर्थिक पत्र
शनिवार, जेठ ३१ २०८२
  • तनहुँ– तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । नवलपुरमा २७ हजार ६२४ र तनहुँमा तीन हजार २०० घरधुरीमा धारा जडान गरेको हो ।

    images

    गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । घर घरमा पानीका धारा जडान भएपछि नागरिकलाई खानेपानीका लागि सहज भएको प्रमुख एवं सिनियर डिभिजन इञ्जिनियर शम्भुराज खनालले जानकारी दिए ।

    उनले भने, ‘चालु आर्थिक वर्षमा मात्रै दुई जिल्लामा गरी चार हजार ५०० घरधुरीमा ‘एक घर, एक धारा’ अन्तर्गत खानेपानी सेवा पुर्‍याइएको छ ।’

    गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान सुरु हुनुअगावै नवलपुर जिल्लामा कार्यक्रम अघि बढाएका कारण तनहुँको तुलनामा धेरै घरधुरीमा पानी वितरण भएको हो ।

    ‘समुदाय नै खानेपानीबाट वञ्चित हुनुपरेको छैन, लामो दूरीमा रहेका एकाध दुई घरमध्ये खानेपानी सुविधा पुराइएको छ’, उनले भने, ‘थोरै घरपरिवारका लागि धेरै लगानी गर्नुपर्ने भएकाले त्यस्ता क्षेत्रका काम अघि बढाइएको छैन ।’

    त्यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर गरी दुई जिल्लाका पचपन्न वटा खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान रकम भुक्तानी गरेको छ । आव २०८०–२०८१ को जेठ महिनादेखि आव २०८१–८२ को पुससम्म ५५ लाख ३८ हजार ९०० रुपैयाँ वितरण गरेको हो । (रासस)

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार