Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

सामाजिक सुरक्षा भत्तामा घोटला, गाविस अध्यक्ष सहित १७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक सुरक्षा भत्तामा घोटला, गाविस अध्यक्ष सहित १७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

आर्थिक पत्र
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लाको साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत ज्ञठ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ । अख्तियारले विशेष अदालतमा आरोपपत्र आइतबार दायर गरेको जनाएको छ 

    सामाजिक सुरक्षा भत्ता वितरण गर्दा उक्त गाविसका सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने खाने गरेको भन्नेसमेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेका थियो । जहाँ साविक नरैनापुर गाउँ विकास समितिले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आव २०५७/०५८ देखि २०७२/०७३ सम्मको सामाजिक सुरक्षा भत्तमामा घोटला भएको अख्तियारको ठहर छ । 

    अख्तियारका अनुसार सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिहरुलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा भत्ता वितरण गरेको पाइएको छ ।

    यसैगरी, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रुपमा तत्कालीन सचिव र अध्यक्षले सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी गरेको अख्तियारको ठहर रहेको छ । जहाँ ६ लाख ५६ हजार ७ सय रुपैयाँ हिनामिना गरेको पुष्टि भएको अख्तियारको भनाई छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार