Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या

‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या

आर्थिक पत्र
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौं । रामेछाप अस्पतालमा कार्यरत डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्। मंगलबार बिहानै डाक्टर श्रेष्ठले परिवारसहित गएर मन्त्री लेखकलाई मन्त्रीक्वार्टर भैँसेपाटीमा भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे गुनासो पोखेका थिए। सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि सामना गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका थिए।

    डाक्टर श्रेष्ठले आफ्ना समस्याका बारेमा गृहमन्त्रालयले चाँसो राखिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए। उनले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए।

    सोमबार सामाजिक संजालमा अलबिदा लेखेर सम्पर्कविहीन भएका उनलाई गृहमन्त्रालयको विज्ञको टोली र प्रहरीले बालाजु क्षेत्रबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको थियो।

    दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौंडा सरुवा भएका थिए। डाक्टर श्रेष्ठले आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको निकै लामो पोस्ट फेसबुकमार्फत बाहिर ल्याएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार