Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुन लुकाएर नेपाल ल्याउने प्रयासमा भारतीय नागरिक पक्राउ

सुन लुकाएर नेपाल ल्याउने प्रयासमा भारतीय नागरिक पक्राउ

आर्थिक पत्र
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुन सहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

    मङ्गलवार राति अवतरण भएको एयर अरेबियाको उडानमा दुबईबाट आएकी भारती नागरिक मिना सुर्जित सिंह खेमानीबाट उक्त सुन बरामद भएको हो । ५३ वर्षीया खेमानीले मलद्वारमा सुन लुकाएकी थिइन् ।

    विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार प्रहरीले उनको मलद्वारमा सुन रहेको आशंका गर्दा उनले अस्वीकार गरेकी थिइन् । तर, पटक पटकको प्राविधिक जाँच पछि सुन पहिचान भएको उनले बताए ।

    मलद्वारभित्र कालो पलास्टिकमा बेरेको अवस्थामा तीन डल्ला पोकामा सुन फेला परेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार