Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

व्यवसायीक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

व्यवसायीक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

आर्थिक पत्र
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौं– नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा तथा दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।  

    स्वास्थ्य सेवा प्रणालीमा रेडियोलोजी सेवा महत्त्वपूर्ण भए पनि यस क्षेत्रलाई उपेक्षा हुँदै आएको भन्दै सोसाइटीले मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।

    उनीहरूले रेडियोग्राफी सेवातर्फ हाल कायम सरकारी दरबन्दी  अत्यन्त न्यून रहेकाले एउटै रेडियोग्राफरले २४ घण्टासम्म निरन्तर सेवा दिन बाध्य भएको सोसाइटीका अध्यक्ष मुकेश कुमार झाले बताए ।

    रेडियोग्राफी सेवाका लागि छुट्टै नियमनकारी निकाय वा संरचनाको स्थापना गर्नुपर्ने लगायतका आफूहरूको माग रहेको उनले बताए ।  

    आफूहरूको माग पुरा नभए सुरुमा कालोपट्टी बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाइ नभए आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार