Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने

सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने

आर्थिक पत्र
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौं। अबदेखि सूचना प्रविधि उद्योगले विदेशमा अधिकतम १० लाख अमेरिकी डलर सम्मका परियोजनामा लगानी गर्न सक्नेछन्।

    नेपाल राष्ट्र बैंकले बुधवार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली २०७८ मा चौथो संसोधन गर्दै विदेशमा लगानी गर्न चाहने आईटी कम्पनीहरुलाई लगानी गर्ने सीमा तोकिदिएको हो।

    ‘विदेशमा लगानी गर्न प्राप्त गर्ने विदेशी मुद्राको अधिकतम सीमा उक्त उद्योगले पछिल्लो तीन आर्थिक वर्षहरुमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्रासम्म (दुई मध्ये न्यून) हुनेछ,’ संशोधित विनियमावलीमा उल्लेख गरिएको छ।

    यसअघि सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को वजेटमार्फत नेपालीलाई विदेशमा लगानी गर्न वाटो खोलेको थियो। नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा बिक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइने बजेटमा उल्लेख छ।

    औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनबमोजिम सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहने गरी सूचना प्रविधि सम्बन्धी क्षेत्र÷ उद्योगमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने गरी विनियवली संशाेधन भएको हो।

    यसका लागि निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था गरिनेछ र यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार