Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

मटिहानी नगरपालिका बन्यो सबैभन्दा पहिलो बजेट ल्याउने पालिका

मटिहानी नगरपालिका बन्यो सबैभन्दा पहिलो बजेट ल्याउने पालिका

आर्थिक पत्र
बिहिवार, आषाढ ५ २०८२
  • महोत्तरी। महोत्तरीका १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिका सबैभन्दा पहिलो बजेट ल्याउने पालिका बनेको छ।

    महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले आर्थिक वर्ष २०८२।०८३ को लागि ४४ करोड ५० लाखको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

    नगरसभाको १५औँ खुला सत्रमा प्रस्तुत बजेटमा संघीय सरकारबाट २८ करोड १० लाख, प्रदेश सरकारबाट १ करोड २६ लाख, राजस्व बाँडफाँडबाट १० करोड ५ लाख र आन्तरिक स्रोतबाट ५ करोड ९० लाख समावेश छ।

    नीति तथा कार्यक्रममा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ। धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासका लागि मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास, पोखरी र धार्मिक स्थलहरूको सौन्दर्यीकरण, र पर्यटन प्रबद्र्धनका लागि १० दिनको काज सुविधा व्यवस्था गरिने उल्लेख छ।

    शिक्षामा मैथिली भाषालाई प्राथमिकता दिँदै कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा सय अंकको मैथिली विषय राखिने, छात्रालाई साइकल, जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति, ल्यापटप वितरण र ‘फ्री बुक एन्ड ब्याग डे’जस्ता कार्यक्रम समावेश छन्।

    स्वास्थ्यतर्फ बर्थिङ सेन्टरबाट जनकपुरसम्म निःशुल्क एम्बुलेन्स, निःशुल्क अल्ट्रासाउन्ड, र आयुर्वेद तथा पारम्परिक चिकित्सा प्रवद्र्धन गरिनेछ।

    साथै, समावेशीकरण, गरिबी निवारण, पूर्वाधार, खेलकुद, वातावरण तथा विपद् व्यवस्थापन, सञ्चार, सहरी विकास, सुशासन लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिने मेयर मण्डलले जानकारी गराए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार