Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

११ महिनामा १९ अर्बको चामल र २० अर्बको धान आयात

११ महिनामा १९ अर्बको चामल र २० अर्बको धान आयात

आर्थिक पत्र
शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा झण्डै १९ अर्ब बराबरको चामल आयात भएको छ । 

    भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिना अवधिमा नेपालमा १८ अर्ब ९५ करोड १९ लाख ४५ हजार रुपैयाँ बराबरको चामल आयात भएको छ ।

    समीक्षा अवधिमा आयात भएको चामल मध्ये सात अर्ब २६ करोड ८४ लाख ७० हजार रुपैयाँ बराबरको बासमती चामल आयात भएको विभागले जनाएको छ ।

    त्यस्तै, सो अवधिमा नेपालमा झण्डै २० अर्ब बराबरको धान आयात भएको छ । विभागको तथ्यांकले ११ महिनाको अवधिमा १९ अर्ब ९९ करोड नौ लाख २१ हजार रुपैयाँ बराबरको धान आयात भएको देखाएको हो ।

    साथै, सो अवधिमा नेपालमा एक अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार