Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुन तस्करमा संलग्न फरार प्रतिवादी पक्राउ

सुन तस्करमा संलग्न फरार प्रतिवादी पक्राउ

आर्थिक पत्र
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका–३ सूर्यदर्शन टोल बस्ने रोल्पा थवाङ गाउँपालिका–२ घर भएकी ४४ वर्षीया अमला रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    २०८० साउन २ गते बरामद भएको ६० किलो अवैध सुन घटनाको अनुसन्धान सम्बन्धमा भन्सार चोरी पैठारी तथा संगठित अपराध मुद्दामा संलग्न रही फरार रहेकी रोकालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं टोखा नगरपालिका-३ सूर्यदर्शन टोलबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार