Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ग्रीस पठाइदिन्छु भन्दै ३७ लाख ठगी गर्ने बराम पक्राउ

ग्रीस पठाइदिन्छु भन्दै ३७ लाख ठगी गर्ने बराम पक्राउ

आर्थिक पत्र
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौं - वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिने बहानामा मोटो रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ का २९ वर्षीय राजेश बराम रहेका छन्।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बराम काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्दै आएका थिए।

    चार जनाबाट ३७ लाख रुपैयाँ रकम लिएपछि बराम फरार भएका थिए। आचार्यका अनुसार बराम फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा आए।

    निवेदन दिएपछि प्रहरीले खोजी सिलसिलामा सोह्रखुट्टेबाट पक्राउ गरेको आचार्यले बताए। बरामदलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार