Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

गभर्नर पौडेलको कुल सम्पत्ति कति?

गभर्नर पौडेलको कुल सम्पत्ति कति?

आर्थिक पत्र
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलले आफूसँग करिब २३ करोड सम्पत्ति रहेको विवरण सार्वजनिक गरेका छन्।

    गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार गभर्नर पौडेलले करिब २३ करोड सम्पत्ति रहेको विवरण नेपाल राष्ट्र बैंकमा बुझाएका हुन्।

    उनले सार्वजनिक गरेको विवरण अनुसार दुई ठाउँमा श्रीमती प्रतिभाको नाममा घरजग्गा रहेको छ। ललितपुरमा श्रीमती प्रतिभाको नाममा ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ।

    पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले १ करोड ५५ लाख रूपैयाँमा यो घरजग्गा किनेको उल्लेख गरेका छन्।

    नवलपरासीको गैंडाकोटमा पनि पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले ६० लाख रूपैयाँमा घर किनेको विवरणमा उल्लेख छ।

    गभर्नर पौडेलसँग सुनका गहना ४५ तोला र करिब १५ लाख रूपैयाँ बराबरको हिरा छ। सुन पैतृक रूपमा पाएको विवरणमा उल्लेख छ।

    पौडेल र उनकी पत्नीका नाममा बैंकमा २० लाख ६८ हजार रूपैयाँ बचत छ। रकम सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकमा बचत गरिएको उल्लेख छ। यसबाहेक उनको डलर खाता रहेकोमा त्यसमा ६६ अमेरिकी डलर जम्मा छ।

    उनको पत्नीको खातामा ४४ सय ४६ अमेरिकी डलर छ। पौडेलको आफ्नो र पत्नीको नाममा गरेर १४ करोड रूपैयाँभन्दा बढीको सेयर छ। पौडेलले पत्नीका नाममा ४४ लाख रूपैयाँमा खरिद गरेको सुजुकी कार रहेको विवरणमा उल्लेख गरेका छन्।

      

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार