Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

रसुवा भन्सारमा चिनियाँ सवारीबाट ४० प्रतिशत राजस्व

रसुवा भन्सारमा चिनियाँ सवारीबाट ४० प्रतिशत राजस्व

आर्थिक पत्र
बिहिवार, आषाढ १९ २०८२
  • रसुवा ।  रसुवागढी नाकामा भन्सार शुल्कको कुल आयमध्ये ४० प्रतिशत राजस्व चिनियाँ सवारीसाधनले ओगटेको छ ।

    आर्थिक वर्ष २०८१-८२ को साउनदेखि असार १७ सम्मको राजस्व असुली विश्लेषणका आधारमा करिब ४० प्रतिशत हिस्सा सवारी साधन करबाट मात्र प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ ।

    प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार चालु आवको यस अवधिमा २९ अर्ब ६५ करोड ९३ लाख असुली भएको छ भने गत वर्षको साही अवधिमा २० अर्ब २१ करोड मात्र राजश्व सङ्कलन भएको थियो ।

    रसुवागढी नाकाबाट विशेषगरी जुत्ता-चप्पल, तयारी पोशाक, र नेपालमा सञ्चालित जलविद्युत् आयोजनाका सामग्री आयात हुने गरेको भन्साल कार्यालयले जनाएको छ ।

    चालु आवको यस अवधिमा सानाठूला गरी ६ हजार ५ सयभन्दा बढी सवाारीसाधन आयात भइसकेको र चीनतर्फ ३ अर्बभन्दा बढीको सामग्री निर्यात भएको भन्सार कार्यालयले स्पष्ट गरेको छ । भन्सार शुल्क बुझाए पनि कतिपय आयातकर्ताले सवारी साधन अहिलेसम्म नलगिदिँदा भन्सार कार्यालयको हातभित्र लामबद्धरुपमा थन्क्याएर राखिएका छन् ।

    ठूलो लगानी गरी छिमेकी मित्रराष्ट्र चीनतर्फबाट आयात गरिएका ती सवारीसाधन समयमै लगिदिन भन्सार कार्यालयले सम्बद्ध व्यवसायीसँग अनुरोध गरेको छ । यसअघिजस्तै वर्षा लागेसँगै सम्भावित बाढीपहिराका कारण रसुवागढी नाका आसपासका बस्ती जोखिमको अवस्थामा रहेको स्थानीयबासीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार