Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अमेरिकाको भियतनामसँग नयाँ व्यापार सम्झौता

अमेरिकाको भियतनामसँग नयाँ व्यापार सम्झौता

आर्थिक पत्र
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् ।

    यस सम्झौता अन्तर्गत, अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउनेछ । ट्रम्पले सम्झौता बारे जानकारी दिदै भनेका छन्- 'भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन ।'

    यसअघि, अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत कर लगाएको थियो । यो जुलाईको दोस्रो हप्तामा लागू हुने भनिएको थियो ।

    हाल, युरोपेली संघ र जापान लगायत दर्जनौं देशहरूले अमेरिकी कर लागू हुनुअघि अमेरिकासँग व्यापार सम्झौता गर्न खोजिरहेका छन् ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार