Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

आर्थिक पत्र
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको हो । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गदै हाईलाइफ फूड्सले नयाँ उत्पादनका रुपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । ‘जिआई राइस’ सुगर रोग लागेका विरामीलाई उपयुक्त हुने कमपनीले जनाएको छ ।

    लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्ट सम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अन्य बासमती चामलहरूको तुलनामा हाईलाइफ फूड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ । 

    हाईलाइफ फूड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने,“प्रत्येक नेपाली परिवारलाई गुणस्तरिय पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जिवनशैली लाई प्रवद्र्धन गर्ने उद्येश्यमा कम्पनी प्रतिवद्ध छ ।” उनका अनुसार हाईलाइफ प्रिमियम बासमती चामल स्वादिलो हुनुका साथै स्वास्थ्यवद्र्धक समेत छ ।

    पछिल्लो समय हाईलाइफ फूडुसले विभिन्न उत्पादनमा जोड दिदै आएको छ र व्यवसायीक दायरा विस्तार गरिरहेको छ । कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगारी सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिंदै आएको छ । अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युग अनुकुल सेवा प्रणाली मार्फत उद्योग क्षेत्रमा अग्रणी भुमिका खेल्ने कम्पनीको लक्ष्य छ ।

    गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम मापदण्डको पालना गर्ने जनाएको छ ।हाईलाइफ फूड्स विगत देखि नै चिउरा, कर्नफुलेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ति, बेसन र अन्य स्वास्थ्यकर खाद्य बस्तुहरुको उत्पादन तथा वितरण गर्दै आएको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार