Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ब्रिक्स देशहरूमा थप भन्सार लगाउने ट्रम्पको चेतावनी

ब्रिक्स देशहरूमा थप भन्सार लगाउने ट्रम्पको चेतावनी

आर्थिक पत्र
सोमवार, आषाढ २३ २०८२
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ब्रिक्सको 'अमेरिकी विरोधी नीति' सँग मिल्ने देशहरूमा थप १० प्रतिशत भन्सार कर लगाइने बताएका छन्।'ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग मिल्ने कुनै पनि देशलाई थप १० प्रतिशत कर लाग्नेछ। यसबाट कसैलाई पनि छुट दिइने छैन,' उनले ट्रुथ सोसियलमा लेख्दै भने।

    यद्यपि, ट्रम्पले आफ्नो पोस्टमा अमेरिका विरोधी नीतिहरूको बारेमा कुनै स्पष्ट वा विस्तृत जानकारी दिएका छैनन् न त उनले यसको कुनै सन्दर्भ नै दिएका छन्।सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो। यसपछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको थियो।

    २००४ मा इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सदस्यको रूपमा समूहमा सामेल छन्। एजेन्सी

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार