Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

रसुवामा आएको बाढीले २ सय ३० मेगावाट विद्युत् उत्पादन बन्द, ४ जलविद्युत् आयोजना ठप्प

रसुवामा आएको बाढीले २ सय ३० मेगावाट विद्युत् उत्पादन बन्द, ४ जलविद्युत् आयोजना ठप्प

आर्थिक पत्र
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण २ सय ३० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू ठप्प भएका छन् । बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासहित त्रिशूली–३ ए, त्रिशूली, चिलिमे र बेनीघाट जलविद्युत् आयोजना प्रभावित भएका हुन् ।

    आज बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति पुर्‍याएको छ । त्यहाँबाट उत्पादन हुने सम्पूर्ण १११ मेगावाट विद्युत् अहिले पूर्णरूपमा बन्द भएको छ ।६० मेगावाट क्षमताको त्रिशूली–३ ए, २२ मेगावाटको चिलिमे, २१ मेगावाट क्षमताको त्रिशूली, १५ मेगावाट क्षमताको बेनीघाट जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएका छन् । बाढीका कारण ती आयोजनासँग सम्बन्धित करिब २ सय ३० मेगावाट क्षमताको प्रसारण लाइनसमेत अवरुद्ध भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार रसुवागढी आयोजनाको हेडबक्सको गेट बगाएको छ भने आयोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्किएपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ । यद्यपि पावरहाउस भने सुरक्षित रहेको शाक्यले जानकारी दिए ।‘अहिले त्रिशूली नदीमा रहेका सबै जलविद्युत आयोजनाहरुको उत्पादन अहिले बन्द छ,’ शाक्यले भने,’देवीघटमा रहेको त्रिशूली जलविद्युत आयोजना तुरुन्तै सञ्चालनमा आउँछ भने चिलिमे पनि लेदो सफागरेपछि हुन्छ । रसुवागढी र त्रिशूली ३ ए लाई भने केही दिन लाग्छ ।’

    त्रिशूली–३ ए आयोजनाको भवनमा बाढी पसेको र एउटा गेट बगाएको उनले बताए । चिलिमे हाइड्रो पावरहाउसमा पनि टेलरेसतर्फबाट लेदो पसे पनि संरचनामा ठूला क्षति नभएको उनको भनाइ छ ।शाक्यले रसुवागढीको हेडरेसको गेटमा कति क्षति भएको छ भन्ने बाढी घटेपछि थाहा हुने उनले बताए ।‘त्रिशूली ३ एको गेटमा कति क्षति क्षति भएको छ र बनाउन कति समय लाग्छ भन्ने एकीन गर्न सकिएको छैन, ‘उनले भने, ‘ बाढी घटेपछि क्षतिको मूल्यांकन हुन्छ । ‘

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार