Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

रसुवाको बाढीले देशको आर्थिक प्रणालीमा गम्भीर असर पुऱ्यायो : नाइमा

रसुवाको बाढीले देशको आर्थिक प्रणालीमा गम्भीर असर पुऱ्यायो : नाइमा

आर्थिक पत्र
बुधवार, आषाढ २५ २०८२
  • काठमाडाैँ । रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोले जनजीवनमा पुऱ्याएको क्षतिबारे नाइमाले खुद व्यक्त गरेकाे छ । नाइमाले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पुऱ्याएको जनाएकाे हाे।

    यस विपद्ले धेरै परिवारको जीवन, घर, व्यवसाय, र आशा एकैचोटि बगाएको उल्लेख गर्दै नाइमाले पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्दै गरेकाे छ । 'यो कठिन घडीमा उनीहरूलाई शक्ति, धैर्य, र पुनःस्थापनाको आशा मिलोस् भन्ने कामना गर्दछौं,' विज्ञप्तिमा उल्लेख गरिएकाे छ, 'यो घटनाले केवल मानवीय क्षति मात्र होइन, देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पुऱ्याएको छ।'

    नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने हुँदा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रूपमा भत्किनुले आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको पनि नाइमाकाे ठहर छ। चिनियाँ भन्सारबाट क्लियर भएका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन्। चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था अझ गम्भीर बनेको छ ।

    यस सन्दर्भमा नाइमाले नेपाल सरकार र सम्बन्धित निकायहरूलाई रसुवा जिल्लामा आएको विपद्को तत्काल उद्धार, राहत, पुनःस्थापना, र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकता अनुरोध समेत गरेकाे छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार