Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

१३ लाख बढी मूल्यको काजु बरामद

१३ लाख बढी मूल्यको काजु बरामद

आर्थिक पत्र
बुधवार, आषाढ २५ २०८२
  • काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित चाइनिज इट्टाभट्टाको खाली घरबाट असार २५ गते करिव १३ लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद भएको छ।

    भारतबाट अवैध रुपले ल्याई सोही स्थानको खाली घरमा लुकाइछिपाई राखेको १ हजार ३ सय २० केजी काजु विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धुनषाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश शर्माको कमाण्डमा खटिएको सुरक्षा फौज तथा जनकपुर भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो। उक्त स्थानमा काजु कहिले र कसले ल्याई राखेको भन्ने खुलेको छैन।

    बरामद काजु आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा बुझाइएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार