Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

श्रमिकहरुको तलब बढ्यो, १९ हजार ५ सय ५० पुग्यो

श्रमिकहरुको तलब बढ्यो, १९ हजार ५ सय ५० पुग्यो

आर्थिक पत्र
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं ।  श्रमिकहरुको तलब बढेको छ । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरुको तलब बढेको जानकारी दिएको हो । अब श्रमिकहरुको मासिक तलब १९ हजार ५ सय ५० कायम भएको छ । यसअघि चिया बगानबाहेकका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो। प्रतिघण्टाको ज्याला ८९ रुपैयाँ थियो । 

    आंशिक रूपमा काम गर्ने श्रमिकको भने प्रतिघण्टा ९५ रुपैयाँ न्यूनतम पारिश्रमिक थियो।बुधबार साँझ सरकार, रोजगारदाता र श्रमिकबीच भएको सहमति अनुसार उक्त पारिश्रमिकमध्ये आधारभूत पारिश्रमिकबापत १२ हजार १७० रुपैयाँ र महङ्गी भत्ताबापत ७ हजार ३८० रुपैयाँ रहेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लगायतका प्रतिनिधिहरूसँगको छलफल र सुझावका आधारमा श्रम ऐन, २०७४ को दफा १०६ ९१० बमोजिम सरकारले यो निर्णय गरेको हो ।

    यसैगरी, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक ७५४ रुपैयाँ  रहेको छ । यसमध्ये आधारभूत ४७० र महङ्गी भत्ता २८४ रुपैयाँ छ । त्यस्तै, प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।  यसमध्ये आधारभूत ६३ र महङ्गी भत्ता ३८ रुपैयाँ कायम गरिएको छ । आंशिक समय काम गर्ने कामदारको हकमा भने प्रतिघण्टा न्यूनतम पारिश्रमिक १०७ रुपैयाँ तोकिएको छ ।यो नयाँ पारिश्रमिक दर चिया बगानका श्रमिकहरूको हकमा भने लागू हुने छैन। उनीहरूको पारिश्रमिक निर्धारणका लागि सम्बन्धित सरोकारवालासँग छलफल गरी छुट्टै निर्णय गरिने निर्णयमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार