Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अमेजन प्राइमको नाममा ठगी, सजग रहन आग्रह

अमेजन प्राइमको नाममा ठगी, सजग रहन आग्रह

आर्थिक पत्र
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौँ । अमेजनले विश्वभरका करिब २२ करोड प्राइम सदस्यहरूलाई ईमेलमार्फत् अमेजनको नाममा भइरहेका ठगी (इम्पर्सोनेशन) आक्रमणहरू बढेको भन्दै सजग रहन आग्रह गरेको छ । कम्पनीले ग्राहकहरूलाई शंकास्पद इमेल, फोन कल र लिंकप्रति सतर्क रहन आग्रह गरेको हो ।अमेजनले पठाएको इमेलमा प्राइम सदस्यता नवीकरण वा “सब्सक्रिप्सन शुल्क बढ्दैछ” भन्ने दाबीसहितको नक्कली इमेल पठाई प्रयोगकर्तालाई ‘cancel subscription’ बटन थिच्न लगाइ खाता प्रमाणीकरण विवरण चोरी गर्ने काम बढिरहेको छ । इमेलहरूमा अन्य स्रोतबाट जुटाइएको व्यक्तिगत विवरण समावेश गरी विश्वसनीय देखाउने प्रवृत्ति देखिएको अमेजनले जनाएको छ ।

    फोर्ब्समा प्रकाशित समाचारका अनुसार साइबर सुरक्षा अनुसन्धानकर्ता पिटर आर्न्ट्जले १६ जुलाई एक पत्र मार्फत अमेजन प्राइम सम्बन्धी स्क्यामहरू तीव्र बनेको बताएका थिए । उनले सब्स्क्रिप्सनको नाममा हुने ठगी र सामाजिक इन्जिनियरिङ फोन कल दुवै उच्च दरमा चलिरहेको चेतावनी दिएका छन् ।

    फोर्ब्सका लागि रिपोर्ट गर्ने साइबर सुरक्षा पत्रकारका अनुभवअनुसार, पछिल्ला केही हप्ताहरूमा फोन कलमार्फत “तपाईंको खाताबाट iPhone 13 किनियो” भन्ने झुटो दाबी गरी घुमाउरो तरिकाले खातामा पहुँच लिने प्रयास समेत भइरहेको छ ।सुरक्षा अनुसन्धानकर्ताहरूले प्राइम डे अघि मात्रै १ लाख २० हजारभन्दा बढी नक्कली अमेजन डोमेन/वेबपेज दर्ता भएको देखिएको बताएका छन् । यस्ता साइटहरू प्रयोगकर्तालाई भ्रामक लगइन पेजमा ल्याई पासवर्ड र वित्तीय जानकारी प्राप्त गर्न प्रयोग गरिने आशंका गरिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार