काठमाडौँः अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने व्यक्तिहरुमा काभ्रेको बनेपाका २३ वर्षीय विशाल घिमिरे, सर्लाहीको लालबन्दीका २५ वर्षीय समीर सिंह र सर्लाहीकै कबिलासीका २६ वर्षीय अशोक कुमार यादव छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले आफूले तयार गरेका व्यक्तिहरुलाई अमेरिका जान बैंक ब्यालेन्स देखाउनु पर्ने भन्दै खातामा रकम जम्मा गर्न लगाएर फिर्ता नगरी ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजि कुमार आचार्यले बताए ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
पक्राउ परेका मध्ये घिमिरेले यस अघि पनि यस्तै गरी ठगी गरेको पाइएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार १८ वैशाख २०८२ मा पनि यसैगरी ६१ लाख ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

