Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

काँकरभिट्टा नाकाबाट १९ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टा नाकाबाट १९ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात

आर्थिक पत्र
बिहिवार, श्रावण ८ २०८२
  • झापा– गत आर्थिक वर्ष २०८१–०८२ मा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो ।

    मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाइँका अनुसार अघिल्लो आव २०८०–०८१ को तुलनामा ९० करोड ८२ लाख अर्थात चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ ।

    आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ६ दशमलव ५० प्रतिशत अर्थात ५९ करोड ६९ लाख १० हजारले बढेको सूचना अधिकारी हुमागाइँले बताए ।

    कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८१–०८२ मा पेट्रोलियम पदार्थ आयातबाट नौ अर्ब ७१ करोड ३२ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधीमा आठ अर्ब ९२ करोड ८५ लाख मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो ।

    यसैगरी सात अर्ब तीन करोड ३२ लाख मूल्य पर्ने ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ ।

    यसैगरी उक्त अवधीमा दुई अर्ब ८२ करोड मूल्य पर्ने २५ हजार ५६८ मेट्रिकटन एलपी ग्यास, ६६ करोड चार लाख मूल्य पर्ने सात हजार २९२ किलोलिटर एटीएफ र २५ करोड ४९ लाख मूल्य पर्ने दुई हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ । (रासस)

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार