Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बागमतीका समस्याग्रस्त सहकारीलाई ऋण चुक्ता गर्न ताकेता

बागमतीका समस्याग्रस्त सहकारीलाई ऋण चुक्ता गर्न ताकेता

आर्थिक पत्र
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौं– बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थान समितिको कार्यालयले बागमती प्रदेशभित्रका पाँचवटा समस्याग्रस्त सहकारीका ऋणीलाई आगामी भदौ मसान्तसम्म ऋण चुक्ता गर्न ताकेता गरेको छ ।

    समितिले शुक्रबार सूचना प्रकाशित गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई आगामी भदौ ३१ गतेभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको हो ।

    समितिले आगामी भदौ मसान्तभित्र ऋण बुझाएमा ब्याज गणना र हर्जनाको हिसाब सम्बन्धित सहकारी संस्था समस्याग्रस्त हुनुभन्दा अघिल्लो दिनलाई आधार मानिने सूचनामा उल्लेख गरेको छ ।

    साथै आगामी भदौ मसान्तसम्म पनि ऋण चुक्ता गर्न नआउने ऋणीको हकमा भने ऋण चुक्ता गर्ने अघिल्लो दिनसम्मको आधारमा साँवा, ब्याज र हर्जना कायम हुने समितिले जनाएको छ ।

    bagmati-sahakari-taketa-1152x1536.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार