Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मेची भन्सार कार्यालयबाट चिया निर्यातमा उल्लेख्य वृद्धि

मेची भन्सार कार्यालयबाट चिया निर्यातमा उल्लेख्य वृद्धि

आर्थिक पत्र
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौँः यस आर्थिक वर्ष २०८१।८२ मा मेची भन्सार कार्यालयबाट चिया निर्यातमा उल्लेख्य वृद्धि भएको छ। कार्यालयको तथ्याङ्क अनुसार साउन देखि असार मसान्त सम्मको अवधिमा रु ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार बराबरको चिया निर्यात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.५० प्रतिशतले बढी हो।

    मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार सो अवधिमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात गरिएको हो। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा भने रु ३ अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको मात्र चिया निर्यात भएको थियो।

    चियामा वृद्धि भए पनि सोही अवधिमा अलैँचीको निर्यातमा भने तीन दशमलव २० प्रतिशतले गिरावट आएको छ। २०८१।८२ मा रु ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको थियो, जबकि २०८०।८१ मा यो रकम रु ७ अर्ब ९३ करोड ९ लाख ९० हजार थियो।

    यसैगरी अन्य वस्तुहरू मध्ये भेनियर सिटको निर्यात ७२.३० प्रतिशत, मोलासिसको निर्यात २४७.५० प्रतिशत, प्लाइउडको ७.६० प्रतिशत र फलामे पाताको १.८० प्रतिशतले बढेको छ।

    जसमा, सिमेन्ट क्लिङ्करको निर्यातमा १३ प्रतिशत, अदुवामा ६०.७० प्रतिशत, अम्रिसोमा १४.९० प्रतिशत र छुर्पीमा १.०५ प्रतिशतको गिरावट आएको छ।

    मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१।८२ मा कुल रु २५ अर्ब १३ करोड ९७ लाख ५० हजार बराबरको विभिन्न मालवस्तु निर्यात भएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार