Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एनसेलले ल्यायो ‘बिज सधैँ अन’ मा मनसुन बिजनेस अफर

एनसेलले ल्यायो ‘बिज सधैँ अन’ मा मनसुन बिजनेस अफर

आर्थिक पत्र
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं– एनसेलले ‘बिज सधैँ अन’ मा मनसुन बिजनेस अफर ल्याएको छ । यो अफरमा ग्राहकहरूले कम खर्चमा एक वर्ष निश्चिन्त भई सेवाहरू उपयोग गर्न सकिने लगायतका सुविधाहरु रहेका छन् ।

    ग्राहकले बिज सधैँ अन ३९९ प्लान वा बिज सधैँ अन ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने यो अफरको विशेषता हो ।  यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडलमा आधारित रहेको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार बिज सधैँ अन ३९९ प्लानमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुन सुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस प्रति महिना पाउँछन्  । त्यस्तै, बिज सधैँ अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार