काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले आज (बुधबार) बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म ‘१००’ नम्बर मार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ।
प्रहरी कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्षमा मर्मत–सम्भारको काम हुने भएकाले सेवा अवरुद्ध हुने जानकारी दिइएको हो।
सेवा अवरुद्ध रहने चार घण्टाको अवधिमा अत्यावश्यक अवस्थामा वैकल्पिक सम्पर्क माध्यम प्रयोग गर्न अनुरोध गरिएको छ।

