Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

३ एजुकेसनल कन्सल्टेन्सीलाई १ लाख ६१ हजार जरिवाना

३ एजुकेसनल कन्सल्टेन्सीलाई १ लाख ६१ हजार जरिवाना

आर्थिक पत्र
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा एजुकेसनल कन्सल्टेन्सीलाई जरिवाना तिराएको छ ।विभागले मंगलबार गरेको नियमित अनुगमनका क्रममा ३ एजुकेसलल कन्सल्टेन्सीलाई १ लाख ६१ हजार रुपैयाँ जरिवाना तिराएको हो ।विभागले काठमाडौं महानगरपालिका–४ मा रहेको स्टडी हब ग्लोबल प्रालिलाई ६० हजार रुपैयाँ, मध्यपुर ठिमी– ४ को हिमालयन एजुकेसनल ग्रुप सर्भिसलाई ५१ हजार रुपैयाँ र काठमाडौं– १४ को प्रिज्म इन्टरनेसनल ल्याङ्वेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

    बजार अनुगमनका क्रममा ती एजुकेसनल कन्सल्टेन्सीले शिक्षा मन्त्रालयको इजाजत नलिई सञ्चालन गरेको पाइएपछि विभागले उक्त जरिबाना तिराएको जनाएको छ ।यस्तै विभागले ३ वटा कन्सलटेन्सीलाई कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने अरू ९ वटालाई सामान्य निर्देशन मात्रै दिएको छ ।

    एजुकेसनल कन्सल्टेन्सीहरूले उपभोक्ता ठगेको उजुरीपछि १ साउनबाट विभागले अनुगमन सुरु गरेको थियो ।अनुगमनका क्रममा ७० प्रतिशत कन्सल्टेन्सीहरू बिनादर्ता सञ्चालनमा रहेको, शिक्षा मन्त्रालयबाट इजाजत नलिई अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार