Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कोरियाले ३५० बिलियन लगानी गर्ने भए पछि ट्रम्पले १५ प्रतिशतमा सिमित गरे कर

कोरियाले ३५० बिलियन लगानी गर्ने भए पछि ट्रम्पले १५ प्रतिशतमा सिमित गरे कर

आर्थिक पत्र
आइतवार, श्रावण १८ २०८२
  • सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्ध निकै राम्रो भएको बताएका छन् ।

    ट्रम्पको यो भनाइ अमेरिका र दक्षिण कोरियाबीचको नयाँ व्यापार सम्झौताको बीचमा आएको हो । केही महिनादेखि चलेको महसुल वार्ता पछि यो नयाँ सम्झौता भएको हो ।

    एक पत्रकारको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । पत्रकारले उनलाई दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँगको भेटबारे सोधेका थिए । ट्रम्पले यो बैठक दुई साताभित्र ह्वाइट हाउसमा हुने बताए ।

    योनहाप समाचार एजेन्सीका अनुसार ट्रम्पले भनेका छन कि  ‘दक्षिण कोरियासँग हाम्रो राम्रो सम्बन्ध छ ।’ ट्रम्पले बिहिवार यो व्यापार सम्झौताको घोषणा गरेका हुन् । यसअन्तर्गत अमेरिकाले कोरियामाथि लगाइएको ‘पारस्परिक कर’ २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारेका छन् ।

    त्यसको बदलामा दक्षिण कोरियाले अमेरिकामा लगानी गर्ने अन्य केही वाचा गरेको छ । ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपतिले दुई साताभित्र ह्वाइट हाउसको भ्रमण गर्ने बताएका छन् । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले पनि बैठकको मिति तय गर्न वार्ता भइरहेको बताए ।

    यसैबीच दक्षिण कोरिया सरकारले यस व्यापार सम्झौतामा ‘चामल बजार’ सम्बन्धी नयाँ व्यवस्था नभएको स्पष्ट पारेको छ । ‘कोरिया–अमेरिका व्यापार सम्झौता चामलसँग सम्बन्धित छैन,’ अर्थ, उद्योग र कृषि मन्त्रालयले एक प्रेस विज्ञप्तिमा भन्यो।

    बिहीबार भएको यो सम्झौता अनुसार अमेरिकाले दक्षिण कोरियामा लाग्ने भन्सार दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत पुर्याएको छ । बदलामा दक्षिण कोरियाले आगामी चार वर्षमा अमेरिकामा ३५० बिलियन लगानी गर्ने र अमेरिकी ऊर्जा उत्पादनहरू १०० बिलियनमा किन्न वाचा गरेको छ।

    स्रोतका अनुसार अमेरिकाले दक्षिण कोरियालाई आफ्नो चामल र गाईको मासु बजार खोल्न दबाबसमेत दिएको थियो, विशेष गरी ३० महिनाभन्दा पुरानो गाईबाट बनाइएका अमेरिकी गाईको मासु उत्पादनमा लगाइएको प्रतिबन्ध हटाउन अमेरिकाले दबाब बढाएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार