Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने

३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने

आर्थिक पत्र
मंगलवार, श्रावण २० २०८२
  • काठमाडौं। स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना – ३४१ मेगावाट क्षमताको बूढीगण्डकीमा लगानी जुटेको छ।

    आंशिक-जलाशय प्रकृतीको यो आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले ७० अर्ब रुपैयाँ लगानी गर्ने टुङ्गो लागेको छ। नेपाल इनभेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंक सह–नेतृत्वकर्ताका रूपमा रहनेछन्। अन्य ६ बैंक तथा एचआइडिसिएल समेतको संयुक्त लगानी रहनेछ।

    आयोजनामा कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ, जसमा ७५% (५२.५० अर्ब) बैंकमार्फत र २५% (१७.५० अर्ब) स्वपुँजी रहने आयोजनाका लगानीकर्ता मध्येका एक सुशील थापाले बताए। उनका अनुसार साहास ऊर्जाले ५१% (८.९२५ अर्ब) स्वपुँजीको नेतृत्व गर्नेछ, जसको सहायक कम्पनी टाइम्स इनर्जी प्रालि आयोजना प्रवद्र्धक हो।

    गोरखाको चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुने आयोजना पिकिङ रन अफ दि रिभर (पी–आरओआर) प्रकारको हुनेछ, जहाँ दैनिक ५ घन्टा विद्युत् उत्पादन हुने गरी जलाशय बनाइनेछ। भूमिगत विद्युत् गृहमा ५७ मेगावाट क्षमताका ६ वटा पेल्टन टर्बाइनमार्फत विद्युत् उत्पादन गरिनेछ।

    कम्पनीले २०८७ पुस १५ गतेदेखि व्यावसायिक उत्पादन गर्ने लक्ष्य लिएको छ, जसबाट वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ। उक्त विद्युत् ४५ किलोमिटरको २२० केभी प्रसारण लाइनमार्फत एमसिसीद्वारा निर्माणाधीन रातमाटे सबस्टेसनमा जोडिनेछ। यो आयोजना निजी क्षेत्रको तमोरमा भइरहेको २८५ मेगावाटको परियोजनाभन्दा पनि ठूलो रहेको छ, जसले नेपालको ऊर्जाक्षेत्रमा नयाँ कीर्तिमान राख्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार