Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

एनसेलले सुरु ग¥यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सुरु

एनसेलले सुरु ग¥यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सुरु

आर्थिक पत्र
मंगलवार, श्रावण २० २०८२
  • काठमाडौं । एनसेल अब भोल्टे अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ।

    images

    यस सुविधासँगै एनसेलका ग्राहकहरूले अब विदेशमा यात्रा गर्दा पनि फोरजी नेटवर्कमार्फत स्पष्ट आवाजमा कल गर्न र उच्च गतिको डेटा चलाउन सक्नेछन्।

    सेवा सोमबारदेखि भारतबाट सुरु गरिएको हो, जहाँ एनसेलले एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा प्रदान गर्न थालेको छ।

    पहिल्यै इनबाउन्ड रोमिङ सुविधा उपलब्ध गराउँदै आएको एनसेलले अब विभिन्न देशहरूमा सेवा विस्तार गर्दै, जियो, एटी एन्ड टी, भोडाफोन, सफ्ट बैंकजस्ता अन्तर्राष्ट्रिय नेटवर्कहरूसँग परीक्षण गरिरहेको जनाएको छ।

    एनसेलले देशबाहिर गए पनि आफ्ना ग्राहकलाई सधैं जडानमा राख्न विश्वव्यापी रोमिङ सेवा विस्तार गरिरहेको बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार