Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो

इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो

आर्थिक पत्र
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’को लोगो सार्वजनिक गरेको छ ।आगामी असोज २९ र ३० गते (१५-१६ अक्टोबर,२०२५) काठमाडौंमा आयोजना हुन लागेको नवौ संस्करणको पावर समिटको लागि नेपालको समग्रह ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरिएको हो ।

    “मिसन २८ हजार ५०० मेगावाट: पावरिङ नेपाल, इनर्जाइजिङ रिजन” भन्ने मुल नारा सहित आयोजना हुन लागेको समिटको लोगोमा नेपालको ऊर्जा क्षेत्रमा भइरहेको तीव्र विकास र भविष्यको उच्चस्तरको सम्भावना देखाइएको छ । यसको मूलखण्डमा रहेको हरियो पातजस्तै संरचनाले दिगोपनको संकेत गरेको छ भने, यहाँबाट नेपालको ऊर्जा उत्पादनका विभिन्न स्रोतहरू जस्तो जलविद्युत, सोलार, वीन लगायत पनि देखाइएको छ ।

    लोगोमा ठूलो आकारमा देखाइएको जलविद्युत आयोजनाले नेपालको विशाल जलस्रोत क्षमता र स्वच्छ ऊर्जाको मुख्य आधार नै जलविद्युत हो भन्ने दर्शाउँछ । यसको छेउमा देखिएका आधुनिक ब्याट्री ऊर्जा भण्डारण प्रणालीहरूले नेपालको ऊर्जा सुरक्षातर्फको यात्रालाई झल्काएको छ । त्यस्तै, सौर्य ऊर्जा लगायतले नवीकरणीय ऊर्जातर्फको विविधिकरणको पनि एकसाथ संकेत गरेको छ ।पहाड र हिमालभरी देखिएका प्रसारण लाइनले नेपालमको विद्युत सीमापारका बजारमा विक्री गर्ने अन्तरदेशिय विद्युत व्यापारको तयारीलाई झल्काएको छ ।

    विद्युतीय सवारी चार्जिङ स्टेशन, औद्योगिक क्षेत्र र सडक बत्तीहरूले उत्पादन भएको ऊर्जा देशका विभिन्न क्षेत्रमा कसरी प्रयोग भईरहेको छ भन्ने देखाएको छ । लोगोमा प्रयोग भएका यी कुराले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउँदै दक्षिण एशियाली क्षेत्रलाई ऊर्जा निर्यात गर्ने सम्भावनातर्फ लैजाने राष्ट्रको दुरदर्शी यात्रालाई प्रतिबिम्बित गरेका छन्।पावर समिटको संरक्षकत्व ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गरेको छ भने कन्ट्रि पार्टनरका रुपमा भारतीय राजदूतावास रहेको छ । समिटमा १० वटा विभिन्न समसामयिक सत्रहरुमा छलफल हुनेछ भने ३० देशका १ हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार