Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

२३ निर्माण कम्पनी कालोसूचीमा

२३ निर्माण कम्पनी कालोसूचीमा

आर्थिक पत्र
शुक्रवार, श्रावण २३ २०८२
  • काठमाडौं । तोकिएको समयमा काम नगर्ने २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढेको छ।

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने २३ निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिँदै कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो।

    चित्तबुझ्दो स्पष्टीकरण नभए सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा राखिने कार्यालयको सूचनामा उल्लेख छ।

    खरिद अनुगमन कार्यालयले यसअघि पत्राचार गर्दा पनि ती कम्पनी सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार