Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अमेरिकाले ५० प्रतिशत कर लगाइरहेको बेला डोभालले भेट पुटिनलाई

अमेरिकाले ५० प्रतिशत कर लगाइरहेको बेला डोभालले भेट पुटिनलाई

आर्थिक पत्र
शुक्रवार, श्रावण २३ २०८२
  • मस्को । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले मस्को भ्रमणका क्रममा बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेटवार्ता गरेका छन् । 

    सो यो भेट सुरक्षा, आर्थिक र ऊर्जा सहयोगका विषयमा द्विपक्षीय वार्ताका लागि भएको हो ।

    रूसी राज्य मिडिया स्पुतनिकले एक भिडियो जारी गरेको छ,  जसमा डोभालले भारत–रूस सम्बन्धलाई ‘धेरै विशेष’ भनेर वर्णन गरेका छन् । र, दुई देशहरू बीचको लामो समयदेखिको रणनीतिक साझेदारीमा जोड दिएका छन ।

    उनले भने, ‘हाम्रो सम्बन्ध निकै विशेष र पुरानो छ । हामी हाम्रो रणनीतिक साझेदारीलाई ठूलो महत्त्व दिन्छौं। राष्ट्रपति पुटिनको भारत भ्रमणको खबरले हामी धेरै खुसी छौं। मिति लगभग तय भइसकेको छ।’

    राष्ट्रपति पुटिनले यसै वर्षको अन्तिम साता भारत भ्रमण गर्न सक्नेछन् । रुसी समाचार एजेन्सी टासले एनएसए अजित डोभाललाई उद्धृत गर्दै बिहान यो जानकारी दिएको थियो ।

    डोभालले रुसी रक्षामन्त्री सर्गेई शोइगुसँगको भेटमा भनेका थिए, ‘अब हाम्रो सम्बन्ध धेरै विशेष भएको छ, जसलाई हामी महत्व दिन्छौं। हाम्रा देशहरूबीच बलियो साझेदारी छ र हामी उच्च तहमा अन्तरक्रिया गर्छौं।’

    राष्ट्रपति पुटिन ०६ डिसेम्बर २०२१ मा भारत भ्रमणमा आएका थिए। त्यसपछि उनी ४ घण्टा मात्रै भारत आएका थिए। यस अवधिमा भारत र रुसबीच २८ वटा सम्झौतामा हस्ताक्षर भएको थियो । यसमा सैन्य र प्राविधिक सम्झौताहरू समावेश थिए। दुवै देशले सन् २०२५ सम्ममा वार्षिक ३० अर्ब डलर व्यापार गर्ने लक्ष्य राखेका थिए ।


    फेब्रुअरी २०२२ मा युक्रेन युद्ध सुरु भएपछि पुटिनको यो पहिलो भारत भ्रमण हुनेछ। यो भ्रमणले दुई देशहरू बीच २०३० को लागि नयाँ आर्थिक रोडम्यापलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

    भारत र रुसले आफ्नो द्विपक्षीय व्यापारलाई दोब्बर गरी वार्षिक १०० अर्ब डलरभन्दा बढी पु¥याउने सहमति गरेका छन् । हाल दुई देशबीच करिब ६० अर्ब डलरको द्विपक्षीय व्यापार छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग भारतको सम्बन्धमा गरेको टिप्पणीका कारण यो भ्रमण निकै महत्वपूर्ण मानिएको छ। रुसबाट तेल किनेको कारण देखाउँदै ट्रम्पले भारतमा पहिले २५ प्रतिशत र त्यसपछि ५० प्रतिशत कर लगाएका छन् ।


     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार