Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

६००० एमएएच ब्याट्री भएको ओप्पो ए५एक्स नेपालमा, कति पर्छ मूल्य?

६००० एमएएच ब्याट्री भएको ओप्पो ए५एक्स नेपालमा, कति पर्छ मूल्य?

आर्थिक पत्र
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो ‘ए’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ‘ओप्पो ए५एक्स’ सार्वजनिक गरेको छ।विशेषगरी टिकाउपन र लामो समय चल्ने ब्याट्रीलाई प्राथमिकतामा राखेर डिजाइन गरिएको यो फोन शुक्रबारदेखि बजारमा उपलब्ध भएको छ।

    कम्पनीका अनुसार, फोनमा सैनिक-स्तरको झटका प्रतिरोधी क्षमता र आईपी६५ रेटिङको पानी तथा धुलो प्रतिरोधी सुविधा छ। यसको मजबुत फ्रेम र वाटरप्रुफ युएसबी-सी पोर्टले फोनलाई दैनिक प्रयोगमा हुने सामान्य क्षतिबाट जोगाउँछ।५एक्सको अर्को मुख्य विशेषता यसको छ हजार मिलिएम्पियर क्षमताको ब्याट्री हो। कम्पनीले यो ब्याट्री पाँच वर्षसम्म टिकाउ हुने दाबी गरेको छ।

    यसमा ४५ वाटको ‘सुपरभोक’ फ्ल्यास चार्जिङ सपोर्ट छ, जसले ८४ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्न सक्छ। एक पटकको चार्जमा १६ घण्टाभन्दा बढी भिडियो हेर्न वा २६ घण्टाभन्दा बढी कुराकानी गर्न सकिने कम्पनीको भनाइ छ।यो फोन स्न्यापड्रागन ६एस जेन १ प्रोसेसरबाट सञ्चालित छ। प्रयोगकर्ताले सहज मल्टिटास्किङ अनुभव गर्न सकुन् भनेर यसमा र्याम विस्तार गर्ने सुविधा पनि दिइएको छ।फोटोग्राफीका लागि फोनमा ३२ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको डेप्थ क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ।

    ओप्पो ए५एक्स मिडनाइट ब्लू र लेजर ह्वाइट गरी दुई रङमा उपलब्ध छ। यसको ४ जीबी + ६४ जीबी भेरियन्टको १५ हजार रुपैयाँ पर्दा ४ जीबी + १२८ जीबीलाई १८ हजार र ६ जीबी + १२८ जीबी भेरियन्टलाई २० हजार रुपैयाँ पर्छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार