Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

मेची भन्सार कार्यालय : आयात र निर्यात घट्यो

मेची भन्सार कार्यालय : आयात र निर्यात घट्यो

आर्थिक पत्र
सोमवार, भाद्र ९ २०८२
  • झापा। चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन्।

    images

    यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंले जानकारी दिए। उनका अनुसार गत आवमा तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो।

    चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ। चालु आवको साउनमा एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ। गत आवको सोही अवधिमा एक अर्ब ८० करोड ८२ लाखको बस्तु तथा सामान निर्यात भएको थियो।

    कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने १५ करोड १८ लाखले बढेको छ। गत आव २०८१/८२ को साउन महिनामा एक अर्ब ११ करोड ३२ लाख राजस्व संकलन भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार