Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन

तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन

आर्थिक पत्र
शुक्रवार, भाद्र १३ २०८२
  • तनहुँ– आलु प्रवर्द्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१-८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । 

    कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। एउटा क्लष्टरमा कम्तीमा ३० रोपनी क्षेत्रफलमा आलु खेती गर्नुपर्ने हुन्छ । 

    उक्त कार्यक्रमका लागि ९३ लाख ३० हजार बजेट विनियोजन गरिएको उनले बताए। यसका लागि प्रति समूहलाई ८० क्विन्टल किलो आलुको बीउ उपलब्ध गराइएको थियो । 

    कार्यालय प्रमुख लामिछानेका अनुसार किसानलाई जनकदेव, एमएस र काडिनल जातको आलुको बीउ ७५ प्रतिशत अनुदानमा प्रदान गरिएको थियो । उनीहरूलाई खेती गर्न विभिन्न उपकरण समेत उपलब्ध गराएको उनले बताए। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार