Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सार्वजनिक जग्गा व्यक्तिलाई दिलाउने नापी अधिकृत विरुद्ध भ्रष्टचार मुद्दा दायर, पौने ६ करोड मागदाबी

सार्वजनिक जग्गा व्यक्तिलाई दिलाउने नापी अधिकृत विरुद्ध भ्रष्टचार मुद्दा दायर, पौने ६ करोड मागदाबी

आर्थिक पत्र
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकृत यादबले ५ करोड ७९ लाख लाख ६२ हजार रुपैयाँ अवैध तथा भ्रष्टाचारबाट आर्जन गरेको ठहर गर्दै आयोग विशेष अदालतमा शुक्रबार आरोप पत्र दायर गरेको हो । 

    यादबले सार्वजनिक पद धारण गरेको मिति २०५३/०३/१३ देखि मिति २०८१/०३/१६ गतेसम्मको जाँच अवधिमा उनी र उनका परिवारले ९ करोड ३ लाख ९५ हजार रुपैयाँ वैध आय आर्जन गरेको देखिएको र १४ करोड ८३ लाख ५७ हजार बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको आयोगको भनाई छ ।

    यसर्थ उनले ५ करोड ७९ लाख ६२ हजार रुपैयाँको बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको हुँदा उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको स्थापित भएको आयोगले जनाएको छ । 

    अधिकृत यादबले माथिल्लो विभागीय प्रमुख र राजनैतिक ब्यक्तिहरुलाई प्रभावमा पारी प्रमुख नापी अधिकृत (उपसचिव) कार्यालय प्रमुख रहने दरबन्दी रिक्त बनाई, वैदेशिक अध्ययनमा गएका कर्मचारीको पद, दरबन्दी कायम गरी दशौं बर्ष निमित्त कार्यालय प्रमुख पदमा रही, सरकारी सार्वजनिक जग्गाहरू हाल साबिक, प्लट मिलान गर्ने नाममा सार्वजनिक जग्गाहरू व्यक्तिको नाउँमा पारी करोडौंको आर्थिक चलखेल गर्ने, साथै पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैर कानूनी सम्पत्ति आर्जन गरेको उजुरी उपर अनुसन्धान गर्दा यस्तो देखिएको अख्तियारले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार