Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प

अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प

आर्थिक पत्र
सोमवार, भाद्र १६ २०८२
  • अफगानिस्तानमा सोमबार बिहान ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प भारतीय समयअनुसार राति १२ः४७ बजे ३४.५० डिग्री उत्तर अक्षांश र ७०.८१ डिग्री पूर्व देशान्तरमा १६० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर गएको हो । भूकम्पपछि ४ देखि रेक्टर स्केलबीचका पराकम्पहरू पनि अनुभव गरिएको छ । सोही क्षेत्रमा ४.७, ४.३ र ५.० रेक्टर स्केलका भूकम्प पराकम्पको रूपमा गएका छन् । यीमध्ये ५ रेक्टर स्केलको पराकम्प ४० किलोमिटर गहिराइमा भएको हुँदा थप शक्तिशाली महसुस गरिएको बताइएको छ ।

    विशेषज्ञहरूको भनाइमा सतह नजिक अर्थात् मध्यम गहिराइका भूकम्पहरू बढी जोखिमपूर्ण हुने गर्छन् । यसले जमिनमा तीव्र कम्पन उत्पन्न गर्ने भएकाले संरचनागत क्षति र जनधनको हानीको सम्भावना उच्च हुने गर्दछ ।फगानिस्तान भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र हो । 

    हिन्दुकुश हिमशृंखला भौगोलिक रूपमा सक्रिय भएकाले प्रत्येक वर्ष शक्तिशाली भूकम्पहरू जाने गरेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ । अफगानिस्तान भारतीय र युरेसियन प्लेटबीचको मुख्य भूकम्पीय धर्कामा रहेको छ भने हेरात हुँदै प्रमुख भ्रंशरेखा गुज्रिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार