Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हेटौंडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध

हेटौंडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध

आर्थिक पत्र
मंगलवार, भाद्र २४ २०८२
  • हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ। आन्दोलनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन्।

    स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ।

    अहिलेसम्म आन्दोलनकारीहरूको माग र वार्ता प्रक्रिया सम्बन्धी विस्तृत जानकारी सार्वजनिक भएको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार