काठमाडौँ । देशभर फैलिएको आन्दोलनका कारण केही स्थानमा अवरुद्ध बनेको वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुनः सामान्य अवस्थामा फर्किएको छ। कम्पनीका अनुसार आवश्यक मर्मत पछिको सेवा सुधार पछि इन्टरनेट देशभर पुनः सुचारु गरिएको हो।
हालैका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा इन्टरनेट संरचनामा सामान्य क्षति पुगेको भए पनि ठूलो क्षति भने नभएको वर्ल्डलिङ्कले जनाएको छ। प्रभावित क्षेत्रमा तत्काल मर्मत कार्य गरिएकाले सेवा लामो समयसम्म अवरुद्ध हुन नपरेको कम्पनीको दाबी छ।
वर्ल्डलिङ्कले प्रयोगकर्ताहरूलाई धैर्य र सहकार्यका लागि धन्यवाद दिएको छ भने यस्ता अवरोधलाई भविष्यमा न्यून बनाउन थप तयारी गरिने जनाएको छ।

