Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कति बजे छ यसपालि दसैं टीकाको उत्तम साइत?

कति बजे छ यसपालि दसैं टीकाको उत्तम साइत?

आर्थिक पत्र
बुधवार, आश्विन १ २०८२
  • नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैंको टीकाको साइत सार्वजनिक गरेको छ।

    समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे टीकाको उत्तम साइत छ।

    यस वर्षको दसैं असोज ६ गतेदेखि सुरू हुँदैछ।

    ढकालका अनुसार असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत छ।

    असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मंगलबार महाअष्टमी र कालरात्रि परेको समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

    असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार दशमी छ। 

    असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा परेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार