Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पहिरो पन्छाएपछि कर्णाली राजमार्ग सुचारु

पहिरो पन्छाएपछि कर्णाली राजमार्ग सुचारु

आर्थिक पत्र
बुधवार, आश्विन १ २०८२
  • सुर्खेत । कालिकोटको गगनेभीरमा पहरिो खस्दा अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ। कालिकोट प्रहरीको सक्रियातामा पहिरो पन्छाए पछि अवरुद्ध भएको १० घण्टा पछि राजमार्ग सुचारु भएको हो।

    मंगलबार राती परेको अविरल बर्षाले गगने खोला पारीपट्टीको डाँडा पूरै खसे पछि राजमार्ग अवरुद्ध भएको थियो।

    पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुई वटा मेसिन प्रयोग गरी १० घण्टा पछि राजमार्ग सुचारु भएको कालिकोटका प्रहरी प्रमूख डिएसपी टेक रावतले बताए। ‘बर्षा नरोकिएकोले अवरुद्ध राजमार्ग खुलाउन समय लाग्यो,’ उनले भने, ‘रामार्ग खुले पछि रोकिएका सवारीहरू गन्तव्यतिर लागेका छन्।’

    असार यता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नु परेको छ। वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए।

    राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका गाडिहरू गन्तव्यमा लागेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार