Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बागमती प्रदेशका सभामुखले दिए राजीनामा

बागमती प्रदेशका सभामुखले दिए राजीनामा

आर्थिक पत्र
बुधवार, आश्विन १ २०८२
  • काठमाडौं। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन्। गत भदौ २३ गते जेन-जी को भ्रष्टाचारको विरुद्ध र सशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरुले अनाहकमा सहादत प्राप्त गरेपछि आफू अत्यन्त भावविह्वल भएको उल्लेख गरेका छन्।

    राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरित पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने लागेर भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेको स्मरण गराएका छन्। उनले आज नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार