Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

आर्थिक पत्र
बुधवार, आश्विन १ २०८२
  • काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट सो लुटपाट भएको नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले खुलासा गरेका हुन् ।

    सुशान्त प्रधानसँगको पोडकास्टमा बोल्दै गभर्नर पौडेलले उनले धेरै सरकारी कार्यालय क्षतिग्रस्त भए पनि नेपाल राष्ट्र बैंक सुरक्षित रहेको तर राष्ट्रिय वाणिज्य बैंकबाट सो लुटपाट भएको बताए ।

    ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ, संसद् भवन भित्र भएको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड जति नगद र १८ किलो जति सुन लुटिएको छ’, उनले पोडकास्टमा भनेका छन् । 

    उनले जेन-जी आन्दोलनको क्रममा आफूलाई एटिएममा पनि पैसा पनि नहुने र डिजिटल कारोबार हुन नसक्ने जस्तो ठूलो डर लागेको तर, सो स्तरको दुर्घटना नभएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार