Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना, १६ जना घाइते

मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना, १६ जना घाइते

आर्थिक पत्र
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका –४ हरामी चोकमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

    मंगलबार बिहान मदन भण्डारी लोकमार्गमा सिन्धुलीबाट हेटौडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको ईभी गाडीले भित्रि बाटोबाट हाईवे तर्फ निस्कदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अनियन्त्रित १५ फिट तल खोल्सीमा खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा ईभी गाडीमा सवार र मोटरसाइकल चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये १ जना घाइते मिकशा पौडेललाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी गरिएको छ । अन्य घाइतेहरूलाई स्थानिय साम्भि पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार