Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

अपर तामाकोशी हाइड्रोले आज शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्ने

अपर तामाकोशी हाइड्रोले आज शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्ने

आर्थिक पत्र
शुक्रवार, भाद्र ३ २०७९
  • काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ ।

    images

    सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ । जसमा १०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

    सभाले सञ्चालन समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष ०७७-७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । लेखापरीक्षको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलागत तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७-७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार