Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

घट्यो कुखुरा मासुको मूल्य

घट्यो कुखुरा मासुको मूल्य

आर्थिक पत्र
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौं । बजारमा कुखुरा मासुको मूल्य घटेको छ। आज बुधबारदेखि लागू हुने गरी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।

    कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको महासंघले जनाएको छ।

    जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ४० रुपैयाँ कायम भएको छ। यसअघि जिउँदो कुखुरा किलोको २ सय ५० रुपैयाँ थियो।

    यस्तै, तयारी कुखरा मासुको मूल्य प्रतिकिलो १५ रुपैयाँले घटेको छ। यसअघि ३ सय ४५ रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीले बताए।

    यतिबेला कुखुरा उत्पादनमा वृद्धि भएका कारण मासुको मूल्य घटेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार