Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आज यमपञ्जकको पहिलो दिन, काग तिहार र धन्वन्तरी जयन्ती मनाइँदै

आज यमपञ्जकको पहिलो दिन, काग तिहार र धन्वन्तरी जयन्ती मनाइँदै

आर्थिक पत्र
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौं । आजदेखि देशभर पाँचदिने पर्व तिहार अर्थात् यमपञ्जकको शुरुवात भएको छ। तिहारको पहिलो दिन आज काग तिहार र धन्वन्तरी जयन्ती एकसाथ उत्साहपूर्वक मनाइँदैछ।

    नेपाली परम्परा अनुसार आजको दिन बिहानै घर–घरमा कागलाई मीठा परिकार अर्पण गरी पूजा गर्ने चलन छ। कागलाई सन्देशवाहकका रूपमा सम्मान गरिन्छ जसले शुभ समाचार ल्याउने र अशुभ समाचार टार्ने विश्वास रहिआएको छ।

    पुरातन संस्कृतिमा कागलाई यमराजका दूतका रूपमा समेत मानिन्छ त्यसैले तिहारको शुरुवात कागको पूजा–आराधनाबाट गर्ने परम्परा स्थापित भएको मान्यता छ।

    यसै दिन आयुर्वेदका प्रणेता तथा स्वास्थ्यका देवता मानेका भगवान धन्वन्तरीको जन्मजयन्ती मनाइँदैछ। धन्वन्तरीको पूजा आराधना गर्नाले स्वास्थ्य, आयुर्वेद र प्राकृतिक लाभ मिल्ने विश्वास रहिआएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार