Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस वर्ष भाइटीकाको उत्तम साइत कति बजे?

यस वर्ष भाइटीकाको उत्तम साइत कति बजे?

आर्थिक पत्र
मंगलवार, कार्तिक ४ २०८२
  • काठमाडौं । देशैभरी तिहारको रमझम आँगनमै आइपुगेको छ भने घरहरूमा झिलिमिलि बत्ति र तिहारका भाकाहरू गुन्जिन थालिसकेका छन्। यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिन काग तिहार मनाइएको छ भने  दोस्रो दिन लक्ष्मी पूजा र कुकुर तिहार एकसाथ मनाइएको छ। 

    त्यस्तै कात्तिक ५ गते गाईपूजा र गोरुपुजा एकसाथ मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले गाईलाई परापूर्वकालदेखि नै ‘माता’को रूपमा पुज्दै आएका छन्। त्यस दिन गाई र गोरुलाई तिलक, फूलमाला आदिले पूजा गरेर मीठा परिकार अर्पन गर्ने गरिन्छ। मृत्युपछि गाईको पुच्छरमा समातेर वैतर्नी नामक नदी तरेर मात्र स्वर्ग पुगिने विश्वास रहिआएको छ।

    यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक ६ गते भाइटीका पर्व मनाइँदैछ। त्यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै निधारमा सप्तरंगी टीका तथा माला लगाइदिन्छन् भने दाजुभाइले पनि दिदीबहिनीहरूलाई उपहार तथा दक्षिणा दिएर स्नेह र आर्शीवाद प्रकट गर्छन्।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष भाइटीकाको उत्तम साहित बिहान ११ बजेर ३९ मिनेटमा रहेको बताएको छ। कात्तिक ६ गते बिहीबार मध्यान्हकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिएइउको समितिले बताएको छ।

    सर्वसाधारणका लागि मध्यान्हकालमा टीका लगाउन कुनै समस्या नपरेपनि राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने समितिले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार